गजल-टाला टुली बाटुली खेली रहेछन
टाला टुली बाटुली खेली रहेछन ।
गौथली र गोधुली खेली रहेछन ।
होला बचपना याद आएर होला ।
बेहुला र बेहुली खेली रहेछन ।
प्रेम कस्तो हुनु पर्छ उ त्यहाँ हेर्नु ।
सपोला र काचुली खेली रहेछन ।
पठाएथे गुलाब कसै कसैलाई ।
मन भरी खुल्दुली खेली रहेछन ।
समीर सायर भट्टराई
मोतिपुर 8 बुद्धको राज्य कपिलबस्तु
Post a Comment