समीर सायर भट्टराईको ब्लगमा सबैलार्इ हार्दिक स्वागत गर्दछु ।

गजल-किरा फट्याङग्राका लागी काग खतरनाक हुन्छ

Thursday, October 16, 20140 comments

किरा फट्याङग्राका लागी काग खतरनाक हुन्छ ।
हुन्छ बाख्राहरुका लागी बाघ खतरनाक हुन्छ ।

अरे मेरो मस्तिष्क मेरै लागी खतरा बनेको छ ।
जसरी गैडालाई आफ्नै खाग खतरनाक हुन्छ ।

यस कारण उनी श्रृङंगारमा ब्यास्त देखिन्छीन ।
सुन्दर चेहेरामा सानो दाग खतरनाक हुन्छ ।

'सायर'ले अचेल बिद्धानको सङ्गत छोडेको छ ।
किनकी मणी भएको नाग खतरनाक हुन्छ ।
समिर सायर
मोतिपुर 8 बुद्धको राज्य कपिलबस्तु
Share this article :

Post a Comment

 
Support : Cara Gampang | Creating Website | Johny Template | Mas Templatea | Pusat Promosi
Copyright © 2011. समीर सायर.. - All Rights Reserved
Template Created by Creating Website Modify by CaraGampang.Com
Proudly powered by Blogger