सुन दाजु र भाई यो देश बचाउनु पर्छ ।।सिमा हरु जोगाई यो देश बचाउनु पर्छ ।।
*मेची काली र सुस्ता दोधारा चादंनीमा अब ।
देश भक्त खटाई यो देश बचाउनु पर्छ ।।
*हाम्रा विर शहिद पुर्खाले देखाएको बाटो ।
हो रगत बगाई यो देश बचाउनु पर्छ ।।
*बस्नु तिमी पुर्वमा म हेर्छु दक्षिणको ढोका ।
हाम्रा हात मिलाई यो देश बचाउनु पर्छ ।।
*ज्युदो लाश बनेर नेपाल गुमाउनु भन्दा ।
बरु ज्यानै गुमाई यो देश बचाउनु पर्छ ।।
समिर सायर
मोतिपुर~8~बुद्धको राज्य कपिलबस्तु


Post a Comment