समीर सायर भट्टराईको ब्लगमा सबैलार्इ हार्दिक स्वागत गर्दछु ।

गजल-तिमी यता आउनु अगाडी सब ठिक थियो

Friday, October 17, 20140 comments

राम शरण श्रेष्ठ
तिमी यता आउनु अगाडी सब ठिक थियो । 
आँखा ति झिम्क्याउनु अगाडी सब ठिक थियो । 

पहिलो पल्ट भेटघाट हुँदा खेरी स्वागतमा 
फूलहरु बिछ्याउनु अगाडी सब ठिक थियो ।

त्यसै राम्री मान्छे तिमी झनै श्रृगार गरिगरि 
पाउजु त्यो बजाउनु अगाडी सब ठिक थियो ।

अपराध केही गरुँ गरुँ लागिरहेको छ
उस्ले गजल सुनाउनु अगाडी सब ठिक थियो ।

यादहरुको एटम बम बिस्फोटन गराएर
आतंक यो मच्चाउनु अगाडी सब ठिक थियो

आफ्नो नाम सँगै मेरो नाम 'राम' राखी
प्रेमपत्र पठाउनु अगाडी सब ठिक थियो ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप

बुधवारीय बुलबुलको श्रृंखला २५६ मा बाचन भएको
Listen Bulbul Episode 256 : Click Here
Share this article :

Post a Comment

 
Support : Cara Gampang | Creating Website | Johny Template | Mas Templatea | Pusat Promosi
Copyright © 2011. समीर सायर.. - All Rights Reserved
Template Created by Creating Website Modify by CaraGampang.Com
Proudly powered by Blogger