गजल
*जब उसले गजल गाउछ बिस्तारै बिस्तारै ।
अनि महफिल तताउछ बिस्तारै बिस्तारै ।।
*तिमि राता रात चर्चित बन्न खोजि रहेछौ ।
हेर सुर्य पनि उदाउछ बिस्तारै बिस्तारै ।।
*जो देवता देखी रुष्ट छ त्यो मन्दिर पसेर ।
मुर्ति हेर्छ अनि कराउछ बिस्तारै बिस्तारै ।।
*कस्तो अच्चम हो यो मलाई मेरै गजलले ।
दुनिया यस्तै छ सम्झाउछ बिस्तारै बिस्तारै ।।
*यो जिबनको अन्त्य पनि त्यसरी नै हुनेछ ।
हो जसरी घाम अस्ताउछ बिस्तारै बिस्तारै ।।
© समिर सायर भट्टराई
मोतिपुर-8-कपिलबस्तु

Post a Comment