गजल ।
हसायौ तिमीले रुवायौ तिमीले ।
हसाई रुवाई फसायौ तिमीले ।।
दर्शन गर्न म आतुर बनेथ्ये ।
किन याद मात्रै पठायौ तिमीले ।।
बादल बनेर र घाम बनेर ।
खेली लुका मारी सतायौ तिमीले ।।
भन न भन ए मेरा भगवान ।
यती राम्री किन बनायौ तिमीले ।।
'सायर' पागल बनेको छ प्रिय ।
आखाँ आखाँ जब जुधायौ तिमीले ।।
समीर सायर



Post a Comment