न बोल्छ केबल टोलाउछ आँखा हरु बाट ।
जब आखा आखा जुधाउछ आँखा हरु बाट ।
बुहारी मुस्कुराउछे पार्थीब शरीर अघी ।
यता छोरो आशु लुकाउछ आँखा हरु बाट ।
कोही गम्भिर देखीन्छन शालीन देखीन्छन ।
कोही बचपना देखाउछ आँखा हरु बाट ।
तिमी गुलाब पठाउछौ उपहार स्वरुप ।
'सायर' प्रस्ताव पठाउछ आँखा हरु बाट ।
समीर सायर भट्टराई
बाणगगां न.पा 15 बुद्धको राज्य कपिलबस्तु
Post a Comment