समीर सायर भट्टराईको ब्लगमा सबैलार्इ हार्दिक स्वागत गर्दछु ।

सायरका शेरहरु

Thursday, November 13, 20140 comments

गजल
म डराई रहेछु तिम्रो अधरबाट ।
जसरी फूल डराउछ भ्रमरबाट ।
बडो अनौठो लाग्छ तिमीले र्स्पश गर्छौ ।
मैले प्रेम गरिरहेछु नजरबाट ।
प्रेम अनी मुर्खता पर्यायबाची लाग्छ ।
जब तारा झार्न भनियो सगरबाट ।
किसानले भ्रुण हत्या गरिरहेछन ।
गोमा जन्मिएकी हुन भने गोबरबाट ।
'सायर'बर्षौ देखी 'नारद'को खोजीमा छ ।
बाल्मिकी बन्नु छ यार रत्नाकरबाट ।
समीर सायर भट्टराई
मोतिपुर 8 बुद्धको राज्य कपिलबस्तु
Share this article :

Post a Comment

 
Support : Cara Gampang | Creating Website | Johny Template | Mas Templatea | Pusat Promosi
Copyright © 2011. समीर सायर.. - All Rights Reserved
Template Created by Creating Website Modify by CaraGampang.Com
Proudly powered by Blogger