समीर सायर भट्टराईको ब्लगमा सबैलार्इ हार्दिक स्वागत गर्दछु ।

गजल -समुद्र हुँदै पानी, कता जान्छ कता जान्छ-राम शरण श्रेष्ठ

Friday, October 17, 20140 comments

समुद्र हुँदै पानी, कता जान्छ कता जान्छ । 
मान्छेको यो जवानी, कता जान्छ कता जान्छ । 

कस्ले देख्यो र आत्मा, छोडेर यो शरिर
भएपछी खरानी, कता जान्छ कता जान्छ ।

काडाहरु सँगै सँगै, फूलहरु राखि दिँदा
छिल्लिएर आँखानी, कता जान्छ कता जान्छ ।

जनताको समस्या, प्रतिनिधी हुँदै हुँदै
पुगेर राजधानी, कता जान्छ कता जान्छ ।

दुई चार पेग जब, लगाइसबेपछी त
भएभरका पिडानी, कता जान्छ कता जान्छ ।

मुस्काएर तिमी जब, मेरो सामु आएपछी
पुरै परिसानी, कता जान्छ कता जान्छ ।
राम शरण श्रेष्ठ
चिसापानी ६, रामेछाप 
7th Nov-2013

Share this article :

Post a Comment

 
Support : Cara Gampang | Creating Website | Johny Template | Mas Templatea | Pusat Promosi
Copyright © 2011. समीर सायर.. - All Rights Reserved
Template Created by Creating Website Modify by CaraGampang.Com
Proudly powered by Blogger